बिहीबार, साउन ७, २०८३

टोपबहादुरबारे सभापति रविको टिप्पणी- आउँछु भन्दा भन्दै हराउनुभयो 

 |  शुक्रबार, वैशाख २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २२, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा सरकारले चालेको कदम सकारात्मक रहेको बताएका छन्।

सरकारबाट बाहिरिने निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा लामिछानेले अहिलेका गृहमन्त्रीले गरेको यो कामलाई स्वागत गर्ने बताए। ‘हामी सकारात्मक छौं, उनले राम्रो कदम चाल्नुभएको छ’, लामिछानेले भने।

तर यो प्रकरण कसरी टुंगिन्छ भन्ने अझै हेर्न बाँकी रहेको उनले बताए। ‘जति तान्दा पुग्छ, त्यति मात्रै जाने हो कि’, लामिछानेले आशंका गरे।

नक्कली शरणार्थी प्रकरणमा तानिएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ नपरेकाले यो प्रकरण शंकाकै घेरामा रहेको उनको भनाइ छ। ‘बोल्दा बोल्दै, हेर्दाहेर्दै हराउनुभयो। आउँछु भन्दा भन्दै हराउनुभयो’, उनले भने। 

प्रकाशित: May 05, 2023| 20:54 शुक्रबार, वैशाख २२, २०८०
प्रतिक्रिया दिनुहोस्