बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • हेलिकप्टर दुर्घटना अपडेट: एकको मृत्यु, चारजना घाइतेलाई काठमाडौं ल्याइयो

हेलिकप्टर दुर्घटना अपडेट: एकको मृत्यु, चारजना घाइतेलाई काठमाडौं ल्याइयो

 |  शुक्रबार, वैशाख २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २२, २०८०

काठमाडौं- संखुवासभाको भोटखोला गाउँपालिका–४ मा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। 

दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले बताएको छ। मृतक गुरुङ हेलिकप्टरमा सहयोगीका रूपमा काम गर्दै आएका थिए। 

आज दिउँसो १ बजेर १० मिनेटमा रुखमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको हो। हेलिकोप्टर क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापा र विद्युत प्राधिकरणका कर्मचारी विक्रम शंकर गम्भीर घाइते भएका छन्। सबैलाई सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको छ।

हेलिकप्टरले विद्युतका सामग्री झुन्डयाएर सिलिङ अपरेसन गर्दै आइरहेको थियो। 

प्रकाशित: May 05, 2023| 16:27 शुक्रबार, वैशाख २२, २०८०
प्रतिक्रिया दिनुहोस्