बिहीबार, साउन ७, २०८३

शशांक कोइरालाले खोजे उपनिर्वाचनमा पराजयको समीक्षा

नेता कोइरालाले पत्रकारसँगको कुराकानीमा उपनिर्वाचनमा हार बेहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने बताएका हुन्।
 |  शुक्रबार, वैशाख २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २२, २०८०

काठमाडौं– कांग्रेस नेता एवं बीपीपुत्र डा. शशांक कोइरालाले १० वैशाखको उपनिर्वाचनमा पार्टीले पराजय भोगेकामा त्यसको समीक्षा हुनुपर्ने औंल्याएका छन्।

चितवनमा रहेका नेता कोइरालाले पत्रकारसँगको कुराकानीमा उपनिर्वाचनमा हार बेहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने बताएका हुन्।

उनले भने, ‘कांग्रेसको लोकप्रियता खस्किँदै गएको हो कि भन्ने विषयमा गम्भीर समीक्षा जरुरी  छ।’ पुराना पार्टीको लोकप्रियता खस्कँदै जाँदा नयाँ शक्तिको उदय हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। 

नेता कोइरालाले भने, ‘अब हामीले पनि नयाँ नीति बनाउनुपर्ने हो कि भन्ने देखिन्छ।’ उपनिर्वाचनमा आन्तरिक कमजोरीका कारण हार बेहोर्नुपरेको उनले बताए।

अहिले पार्टीभित्र असन्तुष्टि देखिनुमा मन्त्रिमण्डल विस्तारमा भएको त्रुटि हुन सक्ने उनले औंल्याए। 

प्रकाशित: May 05, 2023| 16:08 शुक्रबार, वैशाख २२, २०८०
प्रतिक्रिया दिनुहोस्