काठमाडौं- आज चन्द्रग्हण लाग्दैछ। अरु बेलामा जस्तो पृथ्वीले छोपेको कालो छाया चन्द्रमामा देखिने छैन र चन्द्रमाको आकार परिवर्तन भएको पनि देखिने छैन।
वैज्ञानिक भाषामा यस्तो चन्द्रग्रहणलाई पेनुमब्रल चन्द्रग्रहण भनिन्छ। पेनुमब्रलमा चन्द्रमामा पृथ्वीको पूरै छाया नभइ उपछाया मात्र पर्छ। यसलाई अंग्रेजीमा पेनुमब्रा भनिन्छ। यसमा पृथ्वीको हल्का छाया परेको मात्र देखिन्छ।
तीन प्रकारका चन्द्रग्रहणमध्ये यो विशेष प्कारको। पूर्ण चन्द्रग्रहणमा सिंगो चन्द्रमा पृथ्वीको छायाँले ढाकिन्छ भने आंशिकमा पृथ्वीको छायाँ आंशिक मात्रै पर्छ।
आज चन्द्रमाको आकार अरु सामान्य दिनमै जस्तो देखिने छ तर रंग भने हल्का गुलाबीजस्तो हुनेछ।
पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आउँछ र चन्द्रमामा पृथ्वीको छाया पर्छ। यसैलाई नै चन्द्र ग्रहण भनिन्छ। चन्द्रग्रहणलाई नांगो आँखाले पनि हेर्न सकिन्छ।
यो चन्द्रग्रहण नेपालबाट नदेखिने भएकाले सुतक नलाग्ने ज्योतिषले बताएका छन्।