बिहीबार, भदौ ४, २०८३

खैरोहिरोइनसहित कैलालीमा दुई जना पक्राउ

लागूऔषध खैरोहिरोइनसहित प्रहरीले कैलालीबाट दुई युवकलाई पक्राउ गरेको छ।
 |  शुक्रबार, वैशाख २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २२, २०८०

धनगढी- लागूऔषध खैरोहिरोइनसहित प्रहरीले कैलालीबाट दुई युवकलाई पक्राउ गरेको छ।

लम्कीचुहा नगरपालिका–१० पिपरौवाबाट बिहीबार साँझ एक ग्राम खैरोहिरोइनसहित सोही ठाउँका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका-१ बस्ने २४ वर्षीय सुवाश चौधरी र ३४ वर्षीय प्रकाश बडायक रहेको बताए।

उनीहरूलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक शंकर खड्का नेतृत्वको टोलीले पक्राउ गरेको हो।

प्रकाशित: May 05, 2023| 12:46 शुक्रबार, वैशाख २२, २०८०
प्रतिक्रिया दिनुहोस्