काठमाडौं- नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझी अहिलेसम्म पनि प्रहरीले पक्राउ पार्न सकेको छैन।
उनको खोजी जारी रहेको प्रहरीको भनाइ छ। नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी कुबेर कडायतले खोजीकार्य जारी रहेको र पक्राउ गर्न नसकेको बताए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीविरुद्ध गएको बुधबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै रकम ठगीसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको हो।