काठमाडौं- नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले नक्कली शरणार्थी बन्न खोज्ने र बनाउने दुवै कानुनको नजरमा दोषि रहेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बिहीबार आफ्नो धारणा राख्दै कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका नेविसंघ पूर्व वरिष्ठ उपाध्यक्ष शाहीले कानुन अनुसार नक्कली शरणार्थी बन्ने र बनाउने दुवैलाई कारकाही हुनुपर्ने बताए।
'सुस दिन्या र लिन्या दुवै राष्ट्रका सत्रु हुन् भने झैँ नक्कली शरणार्थी बन्ने र बनाउने दुवै दोषि हुन्। दोषिलाई कानुन अनुसार कारबाही गरिनुपर्छ,' उनले भने।
नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझी पनि मुछिएका छन् ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दावाल जो कोहीमाथि सप्रमाण कारबाही हुनुपर्ने नक्कली शरणार्थी बन्न तयार भएर लाखौँ रकम बुझाउने गैरकानुनी काममा संलग्न व्यक्तिहरूमाथि पनि जाहेरीसँगसँगै पक्राउ, अनुसन्धान र कडा कारबाही चलाउनु पर्ने उनले बताए।