बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपाको सचिवालय बैठक : मन्‍त्री हेरफेरदेखि वामदेवसम्मको एजेन्डा

नेकपाको सचिवालय बैठक : मन्‍त्री हेरफेरदेखि वामदेवसम्मको एजेन्डा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बिहान ११ का लागि बोलाइएको नेकपाको सचिवालय बैठक दिउसो २ बजेका लागि सरेको छ । तीन सातापछि आइतबार र सोमबार (आज र भोलि) का लागि डाकिएको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपीशर्मा ओलीको कार्य व्यस्तताका कारण ३ घण्टा पर सारिएको हो । 

बैठकमा पार्टी र सरकारको कामको समीक्षा तथा जिल्ला कमिटीका एकीककरणसम्बन्धी कार्यसूचीमाथि गम्भीर छलफल हुने बताइएको छ । सरकारले जनभावना अनुसार काम नगरेको भन्ने गुनासो आइरहेका बेला सचिवालय बैठकमा सरकारको काम कारबाहीका बारेमा गम्भिर समिक्षा गर्न लागिएको हो । 

स्रोतका अनुसार आजको बैठकमा मन्त्रिपरिषद् पुर्नगठनका विषयमा पनि छलफल हुने छ । मन्त्रीहरुले सन्तोषजनक काम नगरेको गुनासो बढेपछि प्रधानमन्त्री ओलीले मन्त्री नै हेरफेर गर्ने मनस्थिती बनाएका छन् । उनले गृहमन्त्री रामबहादुर थापा बादलसहित कम्तिमा ४ जना मन्त्री फेर्ने मनस्थिती बनाएको स्रोतको दाबी छ । 

यस्तै आजको बैठकमा पार्टी एकिकरणका विषयमा माधव नेपालले दर्ता गरेको असन्तुष्टिका विषयमा पनि छलफल हुने बताइएको छ। नेता नेपालले आफूसंग कुनै छलफल नै नगरि प्रदेशको अध्यक्ष, सचिव, इन्चार्ज र सहइन्चार्ज तोकेको भन्दै विरोध जनाउदै आएका छन् । उनले निर्णयप्रति असहमति जनाउँदै लिखित असन्तुष्टि बैठकमा राखेका छन् ।

त्यस्तै बैठकमा वामदेव गौतम पुनः चुनाव लड्ने विषयले पनि प्रवेश पाउने सचिवालय स्रोतले जनाएको छ । काठमाडौं–७ को सांसद पदबाट रामवीर मानन्धरले राजिनामा गरेपछि उक्त स्थानमा गौतम लड्ने तयारी गरेका थिए । तर, चौतर्फी विरोध भएपछि अहिले उनी ब्याक भएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।