काठमाडौँ- ललितपुरको मच्छेगाउँबाट नक्कली नोट बनाउने मेसिन सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिवार राति नक्कली नोट बनाउने प्लेट सहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट नक्कली नोट छाप्ने मेसिन, नक्कली नोटको लागि आवश्यक कागज र नक्कली नोट बरामद गरेको छ।उनीहरुको साथबाट ३ लाख ७५ हजार नक्कली नोट बरामत गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पाँच जनालाई थप अनुसन्धानको लागि प्रहरीले हिरासतमा राखेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४