बिहीबार, साउन ७, २०८३

गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पाए विश्वासको मत

 |  बिहीबार, वैशाख २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २१, २०८०

काठमाडौं- गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत पाएका छन्। बिहीबार प्रदेशसभाको बैठकमा उनले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो। 

प्रदेशसभामा सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा प्रस्तावको पक्षमा ३५ र विपक्षमा २२ मत परेको सभामुख कृष्णप्रसाद धितालले जनाए।

मतदान प्रक्रिया सुरु हुँदा प्रदेशसभा बैठकमा ५९ सांसद उपस्थित थिए। मतदानका क्रममा दुई जना भने तटस्थ रहेका थिए।

मुख्यमन्त्री पाण्डे वैशाख १४ गते नियुक्त भएका थिए। उनले वैशाख १५ गते पद तथा गोपनीयताको शपथ लिएका थिए। मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार बिहीबार मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएका हुन्।

प्रकाशित: May 04, 2023| 16:54 बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्