बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • टोपबहादुर पुत्र सन्दीपलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

टोपबहादुर पुत्र सन्दीपलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

अदालतको अनुमतिसँगै सन्दीपलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखेर अनुसन्धान गरिनेछ।
 |  बिहीबार, वैशाख २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २१, २०८०

काठमाडौं– काठमाडौं जिल्ला अदालतले एमाले नेता टोपबहादुरका पुत्र सन्दीप रायमाझीलाई तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

सन्दीपलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले बताएका हुन्। 

बिहीबार बिहान रायमाझी पुत्र सन्दीपलाई काठमाडौं ल्याएर प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो।अदालतको अनुमतिसँगै सन्दीपलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखेर अनुसन्धान गरिनेछ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा सन्दीपमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ। हिजो मात्रै प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

बुटवलबाट पक्राउ परेका सन्दीपलाई बुद्ध एयरको विमानमार्फत आज बिहान काठमाडौं उतारिएको थियो।

प्रकाशित: May 04, 2023| 14:59 बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्