मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपति रामचन्द्रलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री प्रचण्ड

राष्ट्रपति रामचन्द्रलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री प्रचण्ड

दिल्ली उपचारपछि स्वेदश फर्किएर स्वास्थ्यलाभ गरिरहेका राष्ट्रपति रामचन्द्रलाई भेट्न प्रधानमन्त्री प्रचण्ड शीतलनिवास पुगेका हुन्।
 |  बिहीबार, वैशाख २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २१, २०८०

National life

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन्। दिल्ली उपचारपछि स्वेदश फर्किएर स्वास्थ्यलाभ गरिरहेका राष्ट्रपति रामचन्द्रलाई भेट्न प्रधानमन्त्री प्रचण्ड शीतलनिवास पुगेका हुन्।

प्रधानमन्त्रीले राष्ट्रपतिको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। शीतलनिवासमै दिउँसो ३ बजे नवनियुक्त मन्त्रीत्रयको सपथ कार्यक्रम राखिएको छ।

बुधबार कांग्रेस कोटाबाट धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बू मन्त्री नियुक्त भएका हुन्। राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डले आगामी बजेटलगायत समसामयिक विषयमा छलफल गर्ने बताइएको छ।

प्रकाशित: May 04, 2023| 14:25 बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्