बिहीबार, साउन ७, २०८३

नवलपरासी बस दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
कावासोती- पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा भएको बस दुर्घटना परि ज्यान गुमाउनेको संख्या ६ पुगेको  छ। 

एक जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको हो । पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो । 

उपचारका क्रममा ज्यान गुमाउनेमा गुल्मीको हस्तचौर गाउँपाकिाल २ बस्ने वर्ष ३५ का तिलक विष्ट रहेको प्रहरीले जनाएको छ । उनी नेपाली सेनामा कार्यरत सैनिक रहेको पुष्टि भएको छ । उनी लेटाङ मोरङमा कार्यरत थिए । यस्तै घटना स्थलमै ज्यान गुमाउनेहरुमा सुनसरी घर भइ जिल्ला जनस्वास्थ्य कार्यालय पश्चिम नवलपरासीमा कार्यरत ३२ वर्षीया अब्दुल अन्सारी, मोरङको सुन्दरचौरका ११ वर्षीय सोहन कार्की, भोजपुरका २७ वर्षका रामजीत राई र भारत बिहारका विद्यान्नद यादव रहेका छन् । अर्का एक जना पुरुषको शनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४ ५४ नंको बस आइतबार बिहान ५ बजेको समयमा आफैँ अनियन्त्रित भई सडकबाट करीब ३५ मिटर तल खसेको थियो ।  बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । दुर्घटनामा परी घाइते भएका ४१  जनाको भरतपुर र नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । 

४० जना यात्रु बोक्ने क्षमता भएको गाडीले ५२ यात्रु बोकेको प्रहरीको भनाई छ । दसैंमा टिका सकेर आ–आफ्नो गन्तव्यमा हिँडेका यात्रु बसमा खचाखच थिए । बसका चालक निदाएका कारण बिहान बस राजमार्गबाट देब्रेतर्फ पल्टिएर दुर्घटना भएको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।