उदयपुर- उदयपुरको बेलका नगरपालिका–९ मा एक गर्भवती महिलाको मृत्यु भएको छ।
मंगलबार सुत्केरी बेथा लागेर घरमै बसेकी प्रमिला बस्नेतको उपचारका लागि विराटनगरस्थित विराट मेडिकल कलेजमा पुर्याएपछि बुधबार ज्यान गएको हो।
मृतकका पति दीपक बस्नेतका अनुसार पहिलो बच्चा जन्माउने क्रममा प्रमिलाको मृत्यु भएको हो। १९ वर्षीया प्रमिलाको बच्चा जन्माउन नसकेर मृत्यु भएको परिवारले ज नाएको छ।