बिहीबार, भदौ ४, २०८३

विवाह बन्धनमा बाधिइन् गायिका अस्मिता

पछिल्लो समयकी चर्चित दोहोरी गायिका अस्मिता डल्लाकोटी र गायक शक्तिकुमार गोदार वैवाहिक जीवनमा बाँधिएका छन्।
 |  बिहीबार, वैशाख २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २१, २०८०

काठमाडौं- पछिल्लो समयकी चर्चित दोहोरी गायिका अस्मिता डल्लाकोटी र गायक शक्तिकुमार गोदार वैवाहिक जीवनमा बाँधिएका छन्। उनीहरूले बुधबार बेनिघाटको रोराङ गाउँपालिकामा हिन्दू परम्परा अनुसार लगनगाँठो कसेका हुन्।

दुबैले केही वर्षको प्रेम विवाहमा परिणत गरेका हुन्। विवाहमा दुवैतर्फका आफन्त, साथीभाइको सहभागिता रहेको थियो।

एक समय दुवै चितवनको दोहोरी साँझमा सँगै काम गर्थे। सोही सिलसिलामा उनीहरूको प्रेम बसेको थियो। अस्मिता रियालिटी सो ‘दोहोरी च्याम्पियन’ की विजेता पनि हुन्। शक्ति अझै चितवनमा दोहोरी साँझमा काम गर्ने गर्छन्। 

प्रकाशित: May 04, 2023| 11:48 बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्