मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेले भन्यो– कानुन पालना गर्न सघाउँछौं

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेले भन्यो– कानुन पालना गर्न सघाउँछौं

नेकपा एमालेले नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा आग्रह–पूर्वाग्रह नराखी अनुसन्धान गर्न र कानुन पालनामा सघाउने जनाएको छ।
 |  बिहीबार, वैशाख २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २१, २०८०

काठमाडौं- नेकपा एमालेले नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा आग्रह–पूर्वाग्रह नराखी अनुसन्धान गर्न र कानुन पालनामा सघाउने जनाएको छ।

National life

नेपालीलाई नक्कली कागजात खडा गरेर भुटानी बनाउने र तेस्रो मुलुक पठाउने प्रकरणमा पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझीमाथि नै पक्राउ पुर्जी जारेपछि एमालेले कानुन पालना गर्न सघाउने जनाएको हो।

यस प्रकरणलाई गम्भीरताका साथ लिएको बताउँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकारलाई पूर्वाग्रह बिना अनुसन्धान गर्न आग्रह गरेका छन्। यस प्रकरणमा बैठक बसेर थप धारणा सार्वजनिक गर्ने पनि उनले जानकारी दिए। 

नक्कली शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप पक्राउ परिसकेका छन्। अर्घाखाँचीको कार्यक्रम सकेर काठमाडौं आउँदै गरेका उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अहिले उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ।

गएराति पक्राउ परेका उनका छोरालाई आज बिहानै बुद्ध एयरको विमानमार्फत् काठमाडौं ल्याइसकिएको छ। 

प्रकाशित: May 04, 2023| 10:43 बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्