बिहीबार, भदौ ४, २०८३

मोरङमा जीप दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते

मोरङको लेटाङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।
 |  बिहीबार, वैशाख २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २१, २०८०

विराटनगर- मोरङको लेटाङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।

लेटाङ नगरपालिका-७ भिरिङखामा बुधबार साँझ भीरबाट जीप दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको हो। दुर्घटनामा एक जना गम्भीर घाइतेको धरानमा उपचार भइरहेको छ।

भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आइरहेको प्रदेश १–०२–००१ ज ३९५३ नम्बरको जीप दुर्घटना भएको प्रहरीले बताएको छ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठका अनुसार दुर्घटनामा चालक मोरङको पथरीशनिश्चरे नगरपालिका घर भएका ३० वर्षीय मनोज दियाली र जीपमा सवार लेटाङ– ३ का ७४  वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको  हो।

गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति ९ बजेतिर मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते लेटाङ– ६ का  ५५ वर्षीय रुद्र लम्सालको उपचार भइरहेको छ। गाडी  सडकबाट अन्दाजी २ सय मिटर तल खसेको प्रहरीले बताएको छ।

प्रकाशित: May 04, 2023| 08:46 बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्