मंगलबार, वैशाख २९, २०८३

नवनियुक्त मन्त्रीले आज शपथ लिने

नवनियुक्त तीन मन्त्रीहरूले आज शपथग्रहण गर्ने भएका छन्।
 |  बिहीबार, वैशाख २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २१, २०८०

National life

काठमाडौं- नवनियुक्त तीन मन्त्रीहरूले आज शपथग्रहण गर्ने भएका छन्। नवनियुक्त मन्त्रीहरूको शपथग्रहण दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त भएका छन्।

तिनैजना नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेका हुन्।

प्रकाशित: May 04, 2023| 06:53 बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्