शनिबार, माघ २६, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • स्वदेशी उत्पादनलाई बढवा दिने नीति र कार्यक्रममा ल्याउनुपर्छ : मुख्यमन्त्री चौधरी

Siddartha premir insuranceSiddartha premir insurance

स्वदेशी उत्पादनलाई बढवा दिने नीति र कार्यक्रममा ल्याउनुपर्छ : मुख्यमन्त्री चौधरी

 |  बुधबार, वैशाख २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २०, २०८०

ntc landingntc landing

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वदेशी उत्पादनलाई बढवा दिने नीति तथा कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिएका छन्।

himalayan bank box

सिंहदरबारस्थित योजना आयोगको कार्यालयमा उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँगको भेटमा मुख्यमन्त्री चौधरीले स्वदेशी उत्पादन प्रवर्द्धन हुने र रोजगारी सिर्जना हुने कार्यक्रम बनाउन भूमिका खेल्न आयोगसमक्ष अनुरोध गरे।

मुख्यमन्त्री चौधरीले अहिले विदेशी मदिरा नेपालको बजारमा प्रशस्त रहेको तर नेपालमै उत्पादन हुने मदिराको भने कुनै मूल्य नरहेको बताए। उनले स्वदेशी उत्पादन धेरै राम्रा भए पनि बजारीकरण गर्न नसकिएको भन्दै अब हरेक स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे।

भेटमा उपाध्यक्ष डा श्रेष्ठले आन्तरिक उत्पादन बढाउनु नै आजको आवश्यकता रहेको बताए। अर्थतन्त्रलाई बलियो बनाउन पनि स्वदेशी उत्पादनलाई जोड दिनुपर्ने बताउँदै उनले स्वदेशी उत्पादन र रोजगारी सिर्जना हुने परियोजनालाई प्राथमिकतामा राखेर अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने धारणा राखेका थिए।

प्रकाशित: May 03, 2023| 18:30 बुधबार, वैशाख २०, २०८०
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्