बिहीबार, वैशाख ३१, २०८३

प्रधानमन्त्री प्रचण्डलाई सत्ताको घमन्ड नगर्न माधव नेपालको सुझाव

एमाले अध्यक्ष ओलीले घमन्ड गर्दा दुई तिहाइ बहुमतको सरकार ढलेर पार्टी छिन्नभिन्न भएको, शेरबहादुरले घमन्ड गर्दा सरकारको नेतृत्वबाट बाहिरिनुपरेको र प्रचण्डले घमन्ड गर्ने हो भने शक्ति र सत्ता सबै गुम्न बेर नलाग्ने नेता नेपालको चेतावनी।
 |  बुधबार, वैशाख २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २०, २०८०

काठमाडौं– सत्ता गठबन्धनमा समाहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्र र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यवहारले दुःखी हुनुपर्ने अवस्था आएको गुनासो गरेका छन्। 

National life

मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सरकारको नेतृत्व लिएको चास्नीमा रमाउन थालेपछि माओवादी केन्द्रमा घमन्ड बढ्दै गएको आरोप लगाएका हुन्।  

उनले भने, ‘बजेट बाँडफाँट गर्ने अनि यो पार्टीको कुनै अस्तित्वै छैन भन्ठान्ने! खासगरी माओवादी पार्टीको व्यवहारबाट हाम्रा साथीहरू धेरै दुःखित छन्। दम्भ र घमण्डले रावण जन्मायो। प्रधानमन्त्री प्रचण्ड र नेकपा माओवादीका नेताहरुले दम्भ र घमण्ड गर्न सुहाउँदैन। सबैलाई समानताको व्यवहार गरेर अगाडि बढ्नुपर्छ।’

नेता नेपालले एमाले अध्यक्ष केपी ओलीले घमन्ड गर्दा दुई तिहाइ बहुमतको सरकार ढलेर पार्टी छिन्नभिन्न भएको, शेरबहादुरले घमन्ड गर्दा सरकारको नेतृत्वबाट बाहिरिनुपरेको र प्रचण्डले घमन्ड गर्ने हो भने त्यसै हुन बेर नलाग्ने दाबी गरे। 

नेकपा एसले सबै कम्युनिस्ट पार्टीलाई मिलाउन चाहे पनि प्रचण्ड र नेकपा माओवादी केन्द्रको अहंका कारण बाधा पुगिरहेको उनको भनाइ छ।

प्रकाशित: May 03, 2023| 11:17 बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्