बिहीबार, साउन ७, २०८३

माओवादीको व्यवहारले माधव नेपाल दु:खी

 |  बुधबार, वैशाख २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २०, २०८०

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रले आफूलाई बेवास्ता गरेको गुनासो गरेका छन्। कर्णाली प्रदेशमा सरकार गठन गर्दा आफूलाई महत्त्व नदिइएको भन्दै उनले दुखेसो पोखेका हुन्। 

बुधबार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा उनले माओवादी केन्द्रको दम्भले गठबन्धन नै संकटमा पर्ने संकेत गरे। ‘हामी गठबन्धन टिकाउँछौं भनिरहेका छौं। टिकाउने खुबी र हिस्सेदारी हामीसँग छ तर हामीलाई पीडा दिने खालको व्यवहार भइरहेको छ,’ नेपालले भने। 

कर्णालीमा आफ्नो पार्टीलाइ पुरै बेवास्ता गरिएको उल्लेख गर्दै अध्यक्ष नेपालले एकलौटी गर्न खोजिएको बताए। उनले थपे, ‘यहाँ माओवादीको दम्भ र घमण्डले हाम्रा साथीहरु दु:खी हुनुहुन्छ।’

केन्द्रमा गठबन्धन टिकाउन प्रदेशमा पनि समेटेर जानुपर्ने उनले बताए। माओवादी केन्द्रको व्यवहार निन्दनीय भएको बताउँदै उनले यस्तै व्यवहार जारी रहे गठबन्धन टिक्ने कुरामै आशंका उत्पन्न हुने बताए।

प्रकाशित: May 03, 2023| 09:56 बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्