मंगलबार, वैशाख २९, २०८३

रवि लामिछानेलाई प्रधानमन्त्री बन्न ओलीको अफर !

 |  बुधबार, वैशाख २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २०, २०८०

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेका छन्।

National life

सरकारबाट बाहिरिएपछि एमाले नयाँ गठबन्धन बनाएर प्रचण्ड नेतृत्वको सरकार जसरी पनि ढाल्ने खेलमा लागेको बताइएको छ। सोही क्रममा एमाले अध्यक्ष ओलीले रास्वपा सभापति लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको ओली निकट स्रोतले बताएको छ।

एमालेबाट प्रधानमन्त्रीको प्रस्ताव आएपछि रास्वपा अध्यक्ष लामिछानेले मंगलबार जनमत पार्टीका अध्यक्ष सिके राउतसँग छलफल गरेका छन्।

प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जनमत सरकारसँग असन्तुष्ट छ। एमाले, रास्वपा, जनमत, जसपासहितका दल मिलेर नयाँ गठबन्धन बनाउने र सरकारको नेतृत्व गर्ने गरी लामिछानेले छलफल अगाडि बढाएको बताइएको छ।

प्रकाशित: May 03, 2023| 07:46 बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्