मंगलबार, वैशाख २९, २०८३

'प्रदेश सरकारले केही दिन भित्रै पूर्णता पाउँछ'

 |  बुधबार, वैशाख २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २०, २०८०

National life

बाजुरा- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन्। 

नेपाल प्रेस युनियन बाजुरा शाखाले मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले सरकार गठनका लागि गठबन्धन दलहरुसँग छलफल भइरहेकाले केही दिनभित्र सरकारले पूर्णता पाउने दाबी गरे। उनले राष्ट्रिय राजनीतिका कारण प्रदेश सरकार गठनमा प्रभाव परेको बताए। 

मुख्यमन्त्री शाहका अनुसार सरकार गठनका लागि विभिन्न राजनीतिक दलहरुसँग समन्वय र छलफल भइरहेको छ। राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन र त्यसपछि राष्ट्रिय राजनीतिमा भएको नयाँ गठबन्धनको प्रभावले सरकार विस्तारमा ढिलाइ भएको र अब चाँडै प्रदेश सरकार गठन प्रक्रियाअघि बढ्ने उनको भनाइ छ 

प्रकाशित: May 03, 2023| 06:38 बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्