काठमाडौं- बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुनका लागि सरकारले परराष्ट्रमन्त्री एनपी साउदलाई स्वीकृत दिएको छ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले साउदको बेलायत भ्रणम स्वीकृत गरेको हो। चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन साउद वैशाख २१ गते बेलायत जाने मिति तय भएको छ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेल उक्त कार्यक्रममा जाने तय भएको थियो। उपचारपछि आइतबार मात्रै नेपाल फर्केका पौडेल स्वास्थ्यका कारणले सहभागी हुन नसकेपछि परराष्ट्रमन्त्री साउद जान लागेका हुन्।