मंगलबार, वैशाख २९, २०८३

मिटरब्याज पीडितका समस्या समाधान गर्न अध्यादेश ल्याइने

 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

National life

काठमाडौं- सरकारले मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानूनी रूप दिन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ। 

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले आज नै राष्ट्रपति समक्ष मिटरब्याजी पीडितको समस्या समाधान गर्न मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानूनी रूप दिन अध्यादेश पठाउने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानूनी रूप दिन अध्यादेश राष्ट्रपतिसमक्ष आज नै पठाउने निर्णय भएको बताइन्। 

प्रकाशित: May 02, 2023| 20:55 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्