बिहीबार, वैशाख ३१, २०८३

दूषित मनसायले चरित्र हत्या गरियो: आरजु

 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं- नेपाली कांग्रेसकी नेतृ एवं सांसद आरजु राणा दउवाले दूषित मनसायले आफ्नो चरित्र हत्या गरेको भन्दै ध्यानाकर्षण जनाएकी छन्। विज्ञप्ति निकाल्नै उनले निराधार र कपोल्पित आरोप लगाउँदै आफ्नाबारे दुस्प्रचार गरेको उल्लेख गरेकी छन्। 

National life

'पछिल्ला केही दिनयता मेरो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दूषित मनसाय लिएर केही व्यक्तिहरुले मलाई लक्षित गरेर निराधार र कपोकल्पीत आरोप लगाउदै दुस्प्रचार गरिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। हरेक व्यक्तिलाई आफ्नो बिचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार छ, तर कसैलाई पनि कोही विरुद्ध आधारहीन गाली गलौज र लान्छाना लगाउने अधिकार छैन,' विज्ञप्तिमा भनिएको छ,

'नियोजित रूपमा मेरो चरित्रहत्या गर्ने उद्देश्यका साथ केही व्यक्तिले संचार माध्याममा अन्तर्वार्ता दिँदै मविरुद्ध गाली बेइज्जतीमा उत्रनु खेदजनक छ। तथ्यमा रहेर कसैको हस्तक्षेप बिना विचार राख्ने र मिडिया मार्फत सूचना र विचारहरू दिन सकिन्छ । तर नियोजित रूपमा म बिरुद्ध व्यक्तित मानर्मदन गर्ने र हुदै नभएका आधारहिन विभिन्न विवादहरुमा जोड्ने गरिएकोप्रति सचेत भई त्यस्ता व्यक्तिहरुको व्यक्तिगत रिस, कुण्ठा र आबेगमा सम्पूर्ण सञ्चार माध्यम र संचारकर्मीहरुले बुझिदिनुहुन हार्दिक अनुरोध गर्दछु।' 

उनले हरेकजसो अन्तर्वार्तामा केही व्यक्तिहरू नियोजित रूपमै आफूविरुद्ध व्यक्तिगत गालीगलैज गर्ने, आरोप लगाउने, चरित्रहत्या गर्ने कार्य गरिरहेकाले त्यस्ता आधारहीन, निराधार, तथ्यहीन र चरित्रहत्या गर्ने दूषित उद्देश्यबमोजिम आएका आरोपलाई स्थान नदिन पनि आग्रह गरेकी छन्। 
 

प्रकाशित: May 02, 2023| 17:52 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्