बिहीबार, साउन ७, २०८३

एमाले सांसद कोइरी निलम्बित

 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं- नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन्। 

प्रहरी प्रधान कार्यालयले आइतबार‍ सांसद महतो फरार रहेको भन्दै संसद सचिवालयलाई पत्र पठाएपछि सभामुख देवराज घिमिरेले निलम्बन गरेका हुन्।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सांसद कोइरी महोत्तरी १ बाट निर्वाचित भएका थिए। थमन बिकलाई घेरा हाली कुटपिट गरी हत्या गरेको उनीमाथि अभियोग लागेको छ। 

प्रेमबहादुर बिकले दिएको जाहेरीमा महोत्तरी जिल्ला अदालतले महतोलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उक्त आदेशलाई उच्च अदालत जनकपुरले उल्टाएर पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो। सांसद महतोले पटक-पटक तारेख गुजार्दै आएका छन्। 

प्रकाशित: May 02, 2023| 17:41 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्