मंगलबार, वैशाख २९, २०८३

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

प्रदेशसभामा गरिएको मतदानमा मुख्यमन्त्री चौधरीको पक्षमा ५३ र विपक्षमा २९ मत खसेको हो।
 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं– कांग्रेस कोटाबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका डिल्लीबहादुर चौधरीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। आज प्रदेशसभामा गरिएको मतदानमा मुख्यमन्त्री चौधरीका पक्षमा ५३ र विपक्षमा २९ मत परेको हो।

National life

प्रदेशसभामा चार सिट राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले भने चौधरीलाई मत दिएन।

चौधरीले गत आइतबार मात्रै विश्वासको मत लिनेसम्बन्धी पत्र प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो। चौधरी ८ दलका ५२ र १ स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा गत बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए।

शुक्रबार पदको सपथ लिएर चौधरीले माओवादी केन्द्र, जसपा र नागरिक उन्मुक्तिका गरी ३ जनालाई बिनाविभागीय मन्त्री नियुक्त गरेका छन्।

प्रकाशित: May 02, 2023| 14:47 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्