बिहीबार, वैशाख ३१, २०८३

राष्ट्रपतिले भारतमा उपचार गर्दा लागेको खर्च आफैं बेहोर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा लागेको उपचार खर्च आफैं बेहोर्ने भएका छन्।
 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा लागेको उपचार खर्च आफैं बेहोर्ने भएका छन्।

National life

स्वास्थ्यमा समस्या भएपछि राष्ट्रपति पौडेल वैशाख ६ गते उपचारका लागि भारतको नयाँ दिल्ली गएका थिए।

उनले भारतको नयाँ दिल्लीस्थित अखिल नेपाल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गर्दा लागेको खर्च आफैं बेहोर्ने जनाएका हुन्।

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले एम्समा भएको उपचार खर्च राष्ट्रपति आफैंले ब्यहोर्न चाहेको बताएका छन्। 

‘उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयंले ब्यहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

हिजोमात्र नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले राष्ट्रपतिलाई आफ्नो उपचार खर्च आफैं बेहोर्न आग्रह गरेका थिए। 

343475893_563022432375469_3088964631781025823_n1683010667.jpg

प्रकाशित: May 02, 2023| 12:42 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्