बिहीबार, वैशाख ३१, २०८३

लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिने भएका छन्।
 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

National life

काठमाडौं- लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिने भएका छन्। गत बिहीबार नियुक्त भएका मुख्यमन्त्री चौधरीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए। 

पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद् बैठकले आज विश्वासको मत लिने निर्णय गरेको थियो। प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। 

मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन/तीन, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाववादी)का एक/एक र स्वतन्त्र एक सांसदसहित ५३ सांसदको समर्थन रहेको छ। 

प्रकाशित: May 02, 2023| 06:33 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्