बिहीबार, वैशाख ३१, २०८३

मजदुर वर्गको हकहित, अधिकार सुनिश्चित गर्नुपर्छ : अध्यक्ष नेपाल

 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मजदुर वर्गका सामाजिक सुरक्षा, सुरक्षित कार्यस्थल, हकहित अधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन्।

National life

एकीकृत समाजवादी निकट ट्रेड युनियनको प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उनले श्रमिक वर्गको अधिकारका साथै राज्यबाट सेवासुविधा उपलब्ध गराउन आवश्यक नीति निर्माणमा उनीहरूको सहभागिता हुनुपर्ने बताए। उनले मुलुकको विकास र आर्थिक समृद्धि प्राप्त गर्न उनीहरूको आर्थिक तथा सामाजिक रूपान्तरणको खाँचो औँल्याए।

पूर्वप्रधानमन्त्री नेपालले उत्पादनको विभिन्न क्षेत्रमा क्रियाशील श्रमिक वर्गको अधिकार तथा हितको संवर्द्धन गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको भन्दै उनीहरूले पनि लोकतान्त्रिक मूल्यमान्यताको रक्षा गर्नुपर्ने विचार व्यक्त गरे।

सामाजिक शोषण, अन्याय, विभेदको अन्त्य गरी गरिबी न्यूनीकरण गर्न सकिने बताउँदै उनले त्यसका लागि कम्युनिष्ट पार्टीको स्थापना गरिएको र मूलधारको कम्युनिष्ट सिद्धान्तलाई आफ्नो पार्टीले आत्मसात् गरेको बताए।

कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले श्रमिक, मजदुर, श्रमजीवी वर्गलाई सामाजिक न्याय र समानतामा आधारित सुरक्षा कायम गरी अन्य अधिकार सुनिश्चित गर्नुपर्ने विचार व्यक्त गरे। यही वैशाख २० गतेसम्म चल्ने अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ।

प्रकाशित: May 01, 2023| 19:25 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्