बिहीबार, साउन ७, २०८३

स्वतन्त्र पार्टीको सचेतकमा निशा डाँगी चयन

 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सचेतकमा निशा डाँगीलाई चयन गर्ने निर्णय गरेको छ। सोमबार काठमाडौंमा बसेको पार्टी संसदीय दलको बैठकले यो निर्णय गरेको हो। 

झापाकी डाँगी रास्वपाकी समानुपातिक सांसद हुन्। उनी प्रतिनिधिसभामा सबैभन्दा कान्छी सदस्य पनि हुन्।

त्यसैगरी सभापति रवि लामिछाने पार्टी संसदीय दलको नेता चयन  भएका छन्। बैठकमा उपनिर्वाचनको समीक्षासमेत भएको थियो।

बैठकले पार्टीको संसदीय कामकारबाहीलाई प्रभावकारी बनाउन विधेयक अध्ययन समिति पनि गठन गरेको छ। 

प्रकाशित: May 01, 2023| 18:20 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्