बिहीबार, वैशाख ३१, २०८३

प्रदेश संरचना भाइरस हो: कमल थापा

 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयताको नाममा थोपरिएको प्रदेश संरचना नेपाललाई घाँडो भएको बताएका छन्।

National life

१३४औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा राप्रपा नेपाल निकट श्रमिक संगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन)द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले अर्थतन्त्र समाप्त पार्ने किटाणुको रुपमा रहेको प्रदेश संरचना खारेज गरेर केन्द्रीय सरकार र स्थानीय तहमा अधिकारसम्पन्न सरकार को अवधारणामा बहस र छलफल थाल्न सबै राजनीतिक दललाई आग्रह समेत गरे।

थापाले लोकतन्त्रको आबरणमा लुटतन्त्र चलिरहेको भन्दै सिमित दलका सिमित नेताहरु आलोपालो ब्रम्हलुटमा लिप्त भएको आरोप लगाए। भ्रष्टाचारको बिरोध गर्ने, सुशासनको नारा दिने नयाँ दलहरुले ब्रम्हलुटको बारेमा बोल्न अल्छी गर्नु बिडम्बना भएको उनको तर्क थियो। माओवादी शान्ति प्रक्रियामा आउनु राम्रो भएको तर शान्ति प्रक्रियाको नाममा बारम्बार लुट मच्चाउन खोज्नु स्विकार्य नहुने भन्दै थापाले अयोग्य लडाकुको नाममा करोडौं बाँढ्ने बिषय आपत्तिजनक भएको स्पष्ट पारे।  

नेपालमा धर्म परिवर्तनको डढेलोले आफूलाई पहिचानवादी भन्नेहरुको नै पहिचान समाप्त हुन लागेको भन्दै थापाले हिन्दु, बौद्ध र किरात धर्म मान्नेहरुको संख्या अघिल्लो जनगणनामा भन्दा ज्यादै न्यून भएकै कारण सरकारले धर्मको आधारमा जनगणनाको रिपोर्ट सार्वजनिक नगरी लुकाएको आरोप लगाए। संगठित रुपमा विभिन्न प्रलोभन देखाएर विशेषतः आदिवासी जनजाती एवं दलीत वर्गलाई असंख्य परिमाणमा धर्म परिवर्तन गराइएको ले यो समूहको पहिचान नै संकटमा पर्नसक्ने सम्भावना टड्कारो देखिएकोले आफ्नो धार्मिक पहिचान जोगाउन सबैले समयमै सचेत हुनुपर्नेमा थापाले जोड दिएका थिए।

नेपालमा श्रम गरेर गुजारा गर्ने मजदुरहरुको अवस्था अत्यन्तै कष्टप्रद रहेको उल्लेख गर्दै अध्यक्ष थापाले राजनीतिक परिवर्तनमा श्रमिकहरुको उल्लेख्य योगदान रहेपनि औद्योगिकरण र आर्थिक रुपान्तरण नभएका कारण श्रमिकहरु लाभान्वित हुन नसकेको बताए। योगदानमा आधारित सामाजिक सुरक्षा, पेन्सन आदिजस्ता श्रमिकका पक्षमा कदम चालिएपनि व्यवहारमा लागू हुन नसकेकोले श्रमिकको हकहितको लागि लड्ने ट्रेड युनियनहरुलाई यसतर्फ चनाखो हुन थापाले आग्रह गरे।

प्रकाशित: May 01, 2023| 18:03 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्