बिहीबार, साउन ७, २०८३

राजनीति विकृत भएकोमा माधव नेपालको चिन्ता

 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीति विकृत भएको बताएका छन्।

सोमबार काठमाडौंमा एकीकृत ट्रेड युनियन महासंघ नेपाल (आईसीटीयू)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले नेपालको राजनीतिमा फोहोर जमेको र त्यसलाई सफा गर्नु आवश्यक रहेको बताए।

राजनीति आम मानिसका लागि घृणाको विषय बनेकोमा चिन्ता व्यक्त गर्दै उनले भने, ‘हामी देशको राजनीतिलाई पनि राम्रो दिशामा लैजान चाहन्छौं। राजनीतिमा अनेकौं फोहोर जमेको छ,त्यसलाई सफ गर्न चाहन्छौँ। नेपालको राजनीतिमा नकारात्मक र निराशाजनक कुराको प्रचार हुँदै गएको छ। नकारात्मक र निराशाजनक कुरामा जुध्नुपर्छ।’ राजनीतिमा आम जनतामा नकरात्मक बन्नुको पहिलो कारण भ्रष्टाचार रहेको उनको भनाइ थियो।
 

प्रकाशित: May 01, 2023| 18:35 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्