काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकले पार्टीका विभिन्न ३६ वटा विभागहरु गठन गरेको छ।
उपनिर्वाचनपछि पहिलोपटक बसेको रास्वपाको केन्द्रीय समिति बैठकले पार्टीको विभिन्न विभागहरु र तीनका प्रमुखहरु चयन गरेको हो।
रास्वपाले गठन गरेको पार्टीको नीति तथा विचार विभाग र प्रशिक्षण विभागको प्रमुखमा मुकुल ढकाल चयन भएका छन्।
यस्तै संगठन विभागको प्रमुखमा कवीन्द्र बुर्लाकोटी, अभियान तथा प्रचार प्रसार विभागमा विपीन आचार्य, अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा शिशिर खनाल, प्रवास नेपाली सम्पर्क विभागमा डोलप्रसाद अर्याल चयन भएका छन्।
यस्तै हालै तनहुँबाट निर्वाचित डा स्वर्णिम वाग्लेलाई अर्थ नीति विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।
1682935278.jpg)
1682935278.jpg)