काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार गरेर बदनामी कमाएकाहरुले सुशासन र भ्रष्टाचारविरुद्ध बोल्नु अनौठो भएको बताएका छन्।
सोमबार काठमाडौंमा पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बढी भ्रष्टाचार गर्नेहरूले सुशासनका कुरा निकालेर जग हँसाइ गरिरहेको बताएका हुन्।
वर्तमान सरकार र नेकपा माओवादी पार्टी नै साँचो अर्थमा सुशासनको पक्षमा रहेको उनले दाबी गरे। नेकपा माओवादी केन्द्रले निर्वाचनको घोषणापत्रमै आयोग बनाएर २०४८ यताका सबै भ्रष्टको छानबिन सुरु गर्ने भनेकाले छिट्टै आयोग छिट्टै गठन हुने उनले जानकारी दिए।
सरकार र नेकपा माओवादी केन्द्रले भ्रष्टाचारविरुद्ध बढी बोले, सामाजिक न्याय र सुशासन विकासलाई केन्द्रित गर्न थाले भनेर विरोधी तत्त्व सल्बलाएको उनले आरोप लगाए।