काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वी नवलपरासीको गैंडाकोटस्थित प्रसिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिरका दर्शनार्थीलाई सुविधा दिने उद्देश्यले निर्माण गरिएको मौलाकालिका केबलकारको उद्घाटन गरेका छन्।
आइएमई ग्रुपले सञ्चालनमा ल्याएको मौलाकाली केबलकारको दूरी गैडाकोट-१ देखि मौलाकाली मन्दिरसम्म १२ सय मिटर रहेको छ। दुई सामान बोक्नेसहित १४ डब्बा रहेको केबलकारमा ६ वटा स्टेशन टावर राखिएका छन्।
केबलकार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटन विकासमा उल्लेख्य सहयोग पुग्ने विश्वास व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले पुत्रीद्वय रेणु र गंगा दाहाल, उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालसँगै केबलकारको यात्रा गरेका थिए।






