बिहीबार, वैशाख ३१, २०८३

रविलाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा सामेल हुन आग्रह गरेका छन्। 
 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा सामेल हुन आग्रह गरेका छन्। 

National life

आज बिहान चितवनको शिवनगरस्थित आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले रास्वपा सभापति रवि लामिछानेलाई सरकारमा सहभागी हुन आह्वान गरेका हुन्।  

यसका लागि आफू जुनसुकै भ्रष्टाचारका फाइल खोल्न तयार रहेको प्रधानमन्त्री प्रचण्डले बताए। ‘सरकारमा आउनूस्’, प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचारको कुनचाहिँ फाइल खोल्नु पर्‍यो म खोल्न तयार छु।’

यसैबीच सरकारलाई दिएको समर्थन कायमै राख्ने वा फिर्ता लिने भन्ने विषयमा आजै रास्वपाको बैठक बस्दै छ। 

प्रकाशित: May 01, 2023| 10:05 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्