बिहीबार, वैशाख ३१, २०८३

महावीरका माग जायज रहेकाले मेरो पनि समर्थन छ : नेता शाही

नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनका मागमा आफ्नो पनि समर्थन रहेको बताएका छन्।
 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

काठमाडौं- नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनका मागमा आफ्नो पनि समर्थन रहेको बताएका छन्। शनिबार माइतीघर मण्डला पुगेर नेविसंघका पूर्ववरिष्ठ उपाध्यक्षसमेत रहेका शाहीले पुनका मागमा समर्थन जनाएका हुन्।

National life

'उहाँका माग राज्यका लागि हितकर छन्। ती माग सम्बोधनमा सरकारले ढिलाइ गर्नु हुँदैन,' उनले भने। पुन नेतृत्वको टोली चार दिनदेखि माइतीघर मण्डलामा धर्नारत रहेको छ। 

‘महावीर पुन नवप्रवर्तन र आविष्कारका लागि राज्यले प्राथमिकता दिओस् भनेर सडकमा पुग्नु भएको छ। यो राज्यको दायित्व नै हो। पुनका माग सम्बोधनमा सरकारले कुनै बहानाबिना कार्य थालनी गर्नुपर्छ,’ उनले भने।

पुनका माग सम्बोधन गर्दै सरकारले आविष्कार केन्द्रका लागि बजेट विनियोजन गर्नुपर्ने उनले बताए।
 

प्रकाशित: May 01, 2023| 08:59 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्