शुक्रबार, माघ २३, २०८२

झरीले रोक्यो नेपाल–कुवेतबीचको खेल, फाइनलमा पुग्यो नेपाल  

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएर कुवेतले ब्याटिङ गरिरहँदा पानी परेपछि खेल रोकिएसँगै घरेलु टोली फाइनलमा पुगेको हो।
 |  शनिबार, वैशाख १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १६, २०८०

काठमाडौं– एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र कुवेतबीचको खेल लगातारको वर्षाका कारण पुनः अवरुद्ध भएको छ। वर्षाले खेल अवरुद्ध भएसँगै नेपाल फाइनलमा पुगेको छ।

National life

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएर कुवेतले ब्याटिङ गरिरहँदा पानी परेपछि खेल रोकिएको थियो। कुवेतले ८.३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन बनाउँदा खेल रोकिएको हो।

वर्षाका कारण खेल रद्द भएसँगै घरेलु टोली फाइनलमा पुगेको छ। कुवेतविरूद्ध नेपालका करण केसी एक्लैले पाँच विकेट लिएका थिए। वर्षाका कारण ५० ओभरको खेललाई ४२ ओभरमा झारिएको थियो। 

नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन बनाउँदा पानी परेपछि खेलः रोकिएको थियो। भारी वर्षाका कारण खेल सुरु हुन नसकेपछि नेपाल फाइनलमा पुगेको हो। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेटको क्षतिमा २८१ रनको योगफल तयार पारेको थियो।

Laxmi sunrise bank

तर डकवर्थ लुइस मेथडका आधारमा नेपालले कुवेतलाई २८१ रनको लक्ष्य दिएको हो। वर्षाका कारण खेल रोकिएपछि ८ ओभर घटाइएको थियो।

प्रकाशित: Apr 29, 2023| 16:43 शनिबार, वैशाख १६, २०८०
प्रतिक्रिया दिनुहोस्