आइतबार, वैशाख १३, २०८३

कुवेतविरुद्धको खेलमा करण एक्लैले लिए पाँच विकेट

नेपालविरुद्ध चुनौतीपूर्ण २८२ रनको लक्ष्य पछ्याएको कुवेतले २२ रन जोड्दा पाँच विकेट गुमाएलगत्तै करणले पाँचौ विकेट लिएका हुन्। 
 |  शनिबार, वैशाख १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १६, २०८०

National life
kumari

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतविरुद्ध नेपाली फास्ट बलर करण केसी एक्लैले पाँच विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका छन् । ४.३ ओभरमा १० रन खेलिरहँदा करणले ५ विकेट लिएका हुन्।

नेपालविरुद्ध चुनौतीपूर्ण २८२ रनको लक्ष्य पछ्याएको कुवेतले २२ रन जोड्दा पाँच विकेट गुमाएलगत्तै करणले पुनः व्यक्तिगत पाँचौ विकेट लिए। करणले दुई ओपनरसहितका विकेट लिएका हुन्। 

करणको प्रदर्शनपछि नेपालविरुद्ध चुनौतीपूर्ण लक्ष्य पछ्याएको कुवेत धराशयी भएको छ। करणले ८.३ ओभरमा ५ विकेट लिएलगत्तै पुनः वर्षाले खेल रोकिएको छ। वर्षा नरोकिए समूह विजेताको रुपमा नेपाल फाइनलमा पुग्नेछ।

प्रकाशित: Apr 29, 2023| 15:46 शनिबार, वैशाख १६, २०८०
प्रतिक्रिया दिनुहोस्