शनिबार, असार १३, २०८३

नेपालले कुवेतलाई दियो २८२ रनको लक्ष्य

वर्षाका कारण ४२ ओभरमा झारिएको खेलमा नेपालले ९ विकेट गुमाएर २८१ रन बनाएपछि कुवेतले २८२  रनको लक्ष्य पाएको हो।
 |  शनिबार, वैशाख १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १६, २०८०

काठमाडौं– त्रिवि क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत नेपालले कुवेतलाई २८२ रनको लक्ष्य दिएको छ।

National life

वर्षाका कारण ४२ ओभरमा झारिएको खेलमा नेपालले ९ विकेट गुमाएर २८१ रन बनाएपछि कुवेतले २८२  रनको लक्ष्य पाएको हो।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ९४ रन बनाए। कुशल मल्लले ५७,  कुशल भुर्तेलले ४३, आशिफ शेखले ३१, आरिफ शेखले १९ र सन्दीप लामिछानेले ५ रन बनाए।

सोमपाल कामीले १२, ललित राजवंशीले २,  भीम सार्की १ रनमा आउट भए भने दीपेन्द्रसिंह ऐरीले खाता खोल्न सकेनन्।

कुवेतका मोहम्मद अस्लाम र अदान इद्रिसले २÷२ विकेट लिए। वर्षा भएपछि केही बेर रोकिएको नेपाल–कुवेतबीचको सेमिफाइनल खेल पुनः सुरु भएको थियो। दुवै टोलीले ४२/४२ ओभरको खेल खेल्नेछन्।

Shivam cement

प्रकाशित: Apr 29, 2023| 14:57 शनिबार, वैशाख १६, २०८०
प्रतिक्रिया दिनुहोस्