शनिबार, असार १३, २०८३

कुशल भुर्तेल आउट

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।
 |  शनिबार, वैशाख १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १६, २०८०
National life
Shivam cement

 काठमाडौं- एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।  कुवेतविरुद्ध ब्याटिङ गरिरहेका कुशल भुर्तेल १०.५ ओभरमा आउट भएका छन्। 

उनले ३९ बलमा ४३ रनको योगदान दिएका थिए। खेलमा  कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ रोजेका थिए। नेपाल समूह ‘ए’ को विजेता तथा कुवेत समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो। 

नेपालको प्लेइङ–११ मा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, ललितनारायण राजवंशी, करण केसी, सन्दीप लामिछाने र भीम सार्की छन्।

प्रकाशित: Apr 29, 2023| 09:58 शनिबार, वैशाख १६, २०८०
प्रतिक्रिया दिनुहोस्