शुक्रबार, माघ २३, २०८२

ब्याटिङमा कुवेतविरुद्ध नेपालको आक्रमक सुरुवात

एसिसी प्रिमियर क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै राम्रो सुरुवात गरेको छ।
 |  शनिबार, वैशाख १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १६, २०८०

काठमाडौं– एसिसी प्रिमियर क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै राम्रो सुरुवात गरेको छ।

National life

टियु मैदान कीर्तिपुरमा कुवेतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेसँगै ब्याटिङ सुरु गरेको नेपालले आक्रमक सुरुवात गरेको हो।

नेपालका लागि ओपनिङमा आएका कुशल भुर्तेल र आसिफ शेखले ५.५ ओभरमा नेपालको स्कोर ५० रन पुरा गरेका छन्। कुशल २१ बलमा २९ रन बनाएर खेलिरहँदा आसिफ १४ बलमा २० रन बनाएर खेलिरहेका छन्।

नेपालले समूहचरणको अन्तिम खेलमा कतारविरुद्धको खेलको प्लेइङ–११ बाट एक खेलाडी परिवर्तन गरेको छ। नेपालले गुलशन झाको स्थानमा करण केसीलाई मौका दिएको छ। बलिङ र पछिल्लो ब्याटिङ बलियो बनाउन गुलशनको स्थानमा करणलाई मौका दिएको हो। टोलीमा अन्य परिवर्तन गरिएको छैन।

प्रतियोगितामा नेपाल अपराजित रहँदै समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो। कुवेत समूह ‘बि’ को उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएका थियो।

Laxmi sunrise bank

नेपाल कुवेतलाई हराउँदै फाइनलमा स्थान बनाउने लक्ष्यमा रहेको छ।

प्रकाशित: Apr 29, 2023| 09:54 शनिबार, वैशाख १६, २०८०
प्रतिक्रिया दिनुहोस्