शुक्रबार, साउन ८, २०८३

स्वर्णिम वाग्ले संसद्को अर्थ समितिमा

 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थशास्त्रीसमेत रहेका सांसद डा. स्वर्णिम वाग्लेलाई संसद्को अर्थ समितिमा पठाएको छ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा दलहरूले पठाएका नामहरूको आधारमा विभिन्न विषयगत समितिमा रहने सांसदहरूको नाम सभामुखले प्रस्तुत गरेका थिए।

शुक्रबार नै सांसदको पद तथा गोपनीयताको शपथ लिएका वाग्ले अर्थ समितिमा बसेका हुन्। हालैमात्र नेपाली कांग्रेस परित्याग गरेका वाग्ले १० वैशाखमा सम्पन्न उपनिर्वाचनमार्फत तनहुँ-१ बाट निर्वाचित भएका हुन्। आफूमा डेलिभरी दिने हुटहुटी रहेको भन्दै उनी रास्वपामा  गएका थिए। 

प्रकाशित: Apr 28, 2023| 17:32 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्