बिहीबार, वैशाख ३१, २०८३

एमाले सांसद कोइरी फरार अभियुक्त हो, बिरामी होइन : रवि लामिछाने

 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी भागेका फरार अभियुक्त भएको टिप्पणी गरेका छन्।

National life

विगतमा आफू गृहमन्त्री हुँदासमेत यसबारे प्रश्न उठेको उल्लेख गर्दै आजको संसद् बैठकमा लामिछानेले फरार अभियुक्तलाई बिरामी भन्न नसकिने बताए।

‘उहाँ बिरामी परेको होइन, फरार अभियुक्त हो। भाग्नुभएको अभियुक्त हो। सालोले भारतमा रहेको जानकारी म गृहमन्त्री हुँदा दिएका थिए,’ उनले भने, 'फरार अभियुक्तलाई बिरामी भएको भनेर करार गर्ने हो भने लोकतन्त्रका लागि यो भन्दा ठूलो मजाक केही हुँदैन। यो हास्यांपद श्रृङ्खला बन्द गर्नुपर्दछ। राजनीतिका नाममा लाजनीति संसदमा नचलोस्। बिरामीको संज्ञा दिएर भद्धा मजाक नगरियोस्।’

सभामुख देवराज घिमिरेका अनुसार कोइरी निरन्तर २१ वटा बैठकमा अनुपस्थित छन्। स्वास्थोपचारमा रहेको भनी कोइरीले संसद् सचिवालयलाई जानकारी गराएका छन्। सोही अनुसार उनको अनुपस्थिति अनुमोदनका लागि प्रस्तुत भएपछि रास्वपा सभापति लामिछानेले विरोध गरेका हुन्।

आजकै बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमाले सांसद कोइरीलाई बिरामी भनेर सभामुख देवराज घिमिरेले जगहँसाइ गरेको टिप्पणी गरे।

‘लक्ष्मी महतो कोइरी बैठकमा उपस्थित हुनुभएको छैन। किन उपस्थित हुनुहुन्न भनेर दशौंपटक प्रश्न उठेका छन्। उहाँ फौजदारीमा मुद्दामा अदालतले पुर्पक्षमा थुनामा राख्न भनेको छ। प्रहरीले खोजी गरिरहेको छ भेटिएको छैन। यस्तो स्थापित तथ्यमा सदनबाट सभामुखबाट बिरामी हुनुहुनछ भनेर प्रस्ताव पेस गर्नु योभन्दा जगहँसाइ के होला? कसरी यस्तो प्रस्ताव आयो?’

प्रकाशित: Apr 28, 2023| 17:18 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्