बिहीबार, वैशाख ३१, २०८३

सुदन किरातीको प्रस्ताव- रवि लामिछानेलाई मागेको मन्त्रालय दिउँ

 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिएर सँगै लैजानुपर्ने बताएका छन्।

National life

शुक्रबार नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी महासंघ नेपालद्वारा संयुक्त रुपमा आयोजित दुई दिने तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले सबैभन्दा धेरै विश्वास गरेर लामिछानेलाई सबैभन्दा बढी मतले विजयी गराएको बताए। उनले जनताको विश्वासमाथि सम्मान गर्नुपर्ने बताए। उनले जनताले ठूला राजनीतिक दलहरुलाई सच्चिन आग्रह गरेको र सबै मिलेर जान सुझाव दिएको बताए।

उनले नेपालीहरु कोही पनि एक अर्काको शत्रु नभएको भन्दै एकले अर्कोलाई गालीगलौज गरेर अघि नपुगिने धारणा राखे। उनले सबै राजनीतिक दल र नेताहरु गरिबीविरुद्ध एकजुट हुनुपर्ने बताए।

उनले भने, ‘अत्यधिक मतले जितेर आउनुभएको छ, रवि लामिछानेजी। उहाँलाई छानेको मन्त्रालय दिएर लैजाऔं। जनताको विश्वासमाथि सम्मान गरौं। सबै पार्टी प्रतिपक्षमा नबसौं, देश आर्थिक संकटमा छ, एउटै डुंगामा छौं। प्वाल परेर पानी पसे त डुबिन्छ नि। देश रहे पो पार्टी रहन्छ, झण्डा रहन्छ, देशै नरहे के रहन्छ?’

प्रकाशित: Apr 28, 2023| 18:10 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्