शुक्रबार, साउन ८, २०८३

राजेन्द्र लिङ्देन सार्वजनिक लेखा समितिमा

 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देन सार्वजनिक लेखा समिति सदस्य बनेका छन्।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले लिङदेन सो समितिमा रहेको बताएका छन्। 

यस्तै एमाले सांसद गोकुल बास्कोटा, योगेश भट्टराई पनि सोही समितिमा परेका छन्।

संसद्को हिउँदे अधिवेशनको अन्तिम समयमा संसद्का विषयगत समितिहरूकाे गठन टुंगिएको हो। 

हिउँदे अधिवेशनको अन्तिम दिनमा संसदीय विषयगत समितिहरू गठन भएका छन्। गत मंसिरमा सम्पन्न निर्वाचनपछि २५ पुसमा संसद्को पहिलो बैठक बसेको थियो।

सरकारले आज राति १२ बजेदेखि लागू हुने गरी हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरिसकेको छ।

प्रकाशित: Apr 28, 2023| 17:58 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्