काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछाने प्रतिनिधिसभा अन्तर्गत रहने राज्यव्यवस्था तथा सुशासन समितिमा रहने भएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले लामिछानेको नाम सो समिति सदस्यमा प्रस्ताव वाचन गरेर सुनाएका छन्। लामिछानेले आजमात्रै सांसदको शपथ लिएका हुन्।
गत मंसिरमा भएको निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका लामिछानेको पद सर्वोच्च अदालतको फैसलाका कारण गएको थियो। उपनिर्वाचनमा सोही क्षेत्रबाट लडेका लामिछाने भारी मतले निर्वाचित भएका छन्।