बिहीबार, वैशाख ३१, २०८३

फरार सांसद कोइरी पनि संसदीय समितिमा

 |  शुक्रबार, वैशाख १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौं- नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी प्रतिनिधिसभाको उद्योग समिति सदस्य भएका छन्।

National life

लामो समयदेखि फरार रहेका कोइरी प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सदस्यमा रहेका हुन्।

कांग्रेस सांसद रामहरि खतिवडालगायतले कोइरी संसद्‍मा लामो समयदेखि अनुपस्थित रहेको भनी प्रश्न उठाउँदै आएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा पनि सांसद खतिवडाले आफूले सदनको सुरुमै कोइरीको विषय उजागर गरेको भन्दै पुनः सो विषय उठाएको बताए। उनले रवि लामिछाने गृहमन्त्री भएका बेला प्रतिनिधिसभाको बैठकमा एमालेका फरार सांसद कोइरी किन पक्राउ गर्न नसकेको भन्दै २ पटक सदनमा प्रश्न उठाएका थिए।

मन्त्रीबाट हटेपछि लामिछानेले सांसद खतिवडामाथि व्यक्तिगत कटाक्ष गरेका थिए। उपनिर्वाचनबाट निर्वाचित भएपछि लामिछानेले शुक्रवार पहिलोपटक संसद् बैठकमा सहभागिता जनाएका छन्।  

लामिछानेको नाम नलिई सांसद खतिवडाले भने– ‘मैले यो सदनको सुरुमै एउटा विषय उजागर गरेको थिएँ, आज फेरि त्यसलाई पुनः स्मरण गराउन चाहन्छु लक्ष्मी महतो कोइरीको बारेमा। मैले यो विषयमा कुरा उठाउँदा एकजना माननीयले मेरो व्यक्तिगत कुरामा चर्चा परिचर्चा गर्नुभयो। मैले एउटा सांसदको नाताले सरकारको ध्यानाकर्षण गराएको थिएँ। सभामुख महोदय, अहिले पनि संसद् सचिवालयका महासचिवका नाममा नेपाल प्रहरीले चिठी लेखेर सम्मानित उच्च अदालत जनकपुरको आदेश अनुसार उहाँ थुनामा बस्नुपर्ने भनेर चिठी लेखिएको र त्यो आजसम्म पनि कार्यान्वयन भएको छैन।’

उनले अगाडि भने– ‘लगातार १० बैठकमा अनुपस्थित हुँदा पनि कुनै संसदीय समितिमा राखिएको सुन्नमा आएको छ। संसद्मा सभामुखको भूमिका सत्तापक्ष, प्रतिपक्ष तिर नभई सम्पूर्ण सदनको पक्षमा हुन्छ भन्ने हामीले बुझेका थियौँ। त्यसैले संविधानको धारा ८९ को घ र प्रतिनिधि सभा नियमावली २०४८ को ‘घ’अनुसार उहाँ निलम्बित हुनुपर्ने हो कि हैन? आजसम्म निलम्बित नहुनुको कारण के हो ? संसद्लाई जानकारी गराइयोस् भन्ने अनुरोध गर्न चाहन्छु।’ 

प्रकाशित: Apr 28, 2023| 17:20 शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्